कोटेश्वर क्याम्पसमा नेवीसंघको उम्मेदारी घोषणा, कसको प्रतिस्पर्धी को ?

फागुन १३ । कोटेश्वर बहुमुखी क्याम्पसमा स्ववियू चुनावको लागि नेपाल विद्यार्थी संघले उम्मेदार घोषणा गरेको छ । क्याम्पस ईकाई कमिटी र संगठनको पूर्व सदस्यहरुले महादेवस्थानमा गरेको बैठकले उम्मेदार घोषणा गरेको हो ।
स्ववियू सभापतीको लागि नेवीसंघले बुद्ध पन्थीलाई अघि सारेको छ । त्यसैगरि सचिवमा आयुष खतिवडा र कोषअध्यक्षमा प्रतिमा लामाको नाम छ । अन्य सदस्यहरुको नाम नेवीसंघले सार्वजानिक गरेको छैन ।
नेवीसंघले उम्मेदार घोषणा गरेसंगै कोटेश्वर क्याम्पसमा चुनावी माहोल बढेको छ । सभापतीमा अखिल क्रान्तिकारीका नवराज कार्की र अनेरास्वीयका माधव अधिकारीसंग बुद्ध पन्थीले प्रतिस्पर्धा गर्नेछन् । यी तिन जना सभापतीका उम्मेदार कोटेश्वर क्याम्पसका पुराना विद्यार्थी हुन । विद्यार्थीहरुका अनुसार यी ३ बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
सचिव र कोषअध्यक्षमा अनेरास्ववियूले उम्मेदार घोषणा गरिसकेका छैन । क्रान्तिकारीका सञ्जय राई र नेवीसंघका आयुष खतिवडाको प्रतिस्पर्धामा सम्भावना दुबै जनाको उत्तिकै रहेको विद्यार्थीहरु बताउछन् । नेवीसंघका खतिवडा कोटेश्वर क्याम्पसमा अहिलेसम्मकै उत्कृट नतिजा ल्याएर विद्यार्थी माझ लोकप्रिय छन भने राइलाई किरात राई विद्यार्थीहरुको राम्रो सर्मथन देखिएको छ ।
क्रान्तिकारीको डिल्लन श्रेष्ठ र नेवीसंघको प्रतिमा लामाको कोषअध्यक्षमा प्रतिस्पर्धा छ । श्रेष्ठ लामो समयदेखि कोटेश्वर क्याम्पसको विद्यार्थी राजनीतिमा सक्रिय छन ।
विद्यार्थीसंग नजिक र विभिन्न कार्यक्रममा देखिएकाले श्रेष्ठको सम्भावना राम्रो छ । नेवीसंघको लामा विद्यार्थी राजनीतिमा नयाँ हुन ।
यद्यपी महिला उम्मेदार भएको कारणले श्रेष्ठलाई लामाले टक्कर दिन सक्ने देखिएको छ । अनेरास्ववियू र नेवीसंघले सदस्यहरुको नाम सार्वजानिक गरिसकेको छैन । सदस्यको प्रतिस्पर्धामा क्रान्तिकारी संघ प्रतिस्पर्धा गर्ने अहिलेसम्म कोही देखिएका छैनन् ।
Koteshwor Campus
Nebisang


