राजनीति

आन्दोलन थाल्ने गठबन्धनको धम्की

आन्दोलन थाल्ने गठबन्धनको धम्की
फागुन - १३ । मधेसी मोर्चासहितको संघीय गठबन्धनले संविधान संशोधन प्रस्ताव पारित र निर्वाचनकाे मिति घाेषणाप्रति आपत्ति जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने धम्की दिएको छ । गठबन्धनको शुक्रबार बसेको बैठकले सरकारले आफूहरुका मागहरु सम्बोधन नगरे र संशोधन प्रस्ताव पारित नगरे सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने धम्की दिएको हो । बैठकले अहिलेकै अवस्थामा निर्वाचनमा जानुको औचित्य नहुने भन्दै संशोधन प्रस्ताव पारित भएमात्र निर्वाचनमा भाग लिने निर्णयसमेत गरेको छ । त्यस्तै, सरकारले सहमति नगरी स्थानीय तहको निर्वाचन घोषणा गरेको भन्दै एकलौटीरुपमा घोषणा गरिएको निर्वाचनविरुद्ध सशक्त आन्दोलन थाल्ने बैठकपछि जारी गरिएको विज्ञप्तिमा जनाइएको छ । सरकारले आफैँले दर्ता गरेको संसोधन विधेक परिवमार्जनसहित पारित नगरी स्थानिय तहको निर्वाचनको घोषणा गरिएकोले यो मान्य नुहने गठबन्धनले निर्णय गरेको छ । बैठकले गठबन्धनका नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय आन्दोलन परिचालन कार्यदलसमेत गठन गरेको छ । कार्यदलले एकहप्ताभित्रमा कार्यक्रम बनाई गठबन्धनको बैठकमा प्रस्तुत गर्ने छ ।

Gathbandhan

विशेष