राजनीति

निर्वाचनमा होमिन कार्यकर्तालाई देउवाकाे निर्देशन

निर्वाचनमा होमिन कार्यकर्तालाई देउवाकाे निर्देशन

फागुन - १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको चुनाव हुनेमा शंका नगर्न आग्रह गरेका छन् । नेपाली कांग्रेस झापाले आज विर्तामोडमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा देउवाले भने। 'संविधानको पूर्ण कार्यान्वयनका लागि चुनाव अपरिहार्य छ, संविधान संशोधन प्रस्तावअघि बढिसकेकाले स्थानीय निकायको चुनाव हुन्छ, यसमा कसैले शङ्का लिनु हुँदैन ।'

उनले निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिए । समाजिक सद्भाव बिगार्ने काम कसैबाट हुन नहुने भन्दै देउवाले अगाडि भने, 'मधेशी र पहाडे दुबै नेपाली नागरिक हुन्, दुबैको अस्तित्वलाई स्वीकार गर्नुपर्छ, सिमानामा बसेर सीमाको सुरक्षा गर्ने मधेशी समुदायलाई शङ्का गर्नुहुँदैन ।' कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा देखिएका थुप्रै समस्या र चुनौतीलाई समाधान गर्न कांग्रेसले मात्र सक्ने उल्लेख गर्दै कांग्रेस अभिभावक पार्टी भएकाले पनि त्यो जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व रहेको बताए ।

Sher Bahadur Deuwa

विशेष