राजनीति

तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुन्छ – सभापति देउवा

तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुन्छ – सभापति देउवा
फागुन – १४ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन तोकिएको मितिमा हुने दाबी गरेका छन् । बिपी कोइराला अध्ययन प्रतिष्ठानले बुटवलको शिवनगरमा निर्माण गरेको बिपी स्मृति भवनको उद्घाटन तथा बिपी स्मृति स्मारिकाको विमोचन कार्यक्रममा सभापति देउवाले निर्वाचन हुने विषयमा कसैलाई शंका नगर्न आग्रह गर्दै माघ ७ गतेसम्ममा तीन तहको निर्वाचन सम्पन्न हुने दाबी गरेका हुन् । सभापति देउवाले संविधान संशोधन प्रस्ताव पारित भएपछि मुलुक निर्वाचनमय बन्ने बताएका छन् । संविधान कार्यान्वयन र निर्वाचनमा सबैको सहभागिताका लागि नै संविधान संशोधन प्रस्ताव दर्ता भएको र पारित पनि हुने दावी उनले गरेका छन् । ‘स्थानीय निर्वाचनको घोषणासँगै मुलुक निर्वाचनमय बन्न थालेको छ । अब सबैकाअसहमतिलाई हटाउँदै र दलहरुलाई मिलाउँदै निर्वाचनमा लाग्नुपर्ने बेला आएको छ,’ उनले भने । सबै दलहरुको सहभागितामा विना डरत्रास चुनावमा जानुपर्ने उनले बताए । लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र संविधान कार्यान्वयन गर्न संबिधानले तय गरेको समयभित्र निर्वाचन हुनुपर्ने उनको भनाई थियो । कार्यक्रममा रक्षा मन्त्री बालकृष्ण खाँणले वैशाख ३१ गते नै स्थानीय निकायको निर्वाचन हुने विश्वास दिलाएर । सरकारले निर्वाचनको पूर्ण तयारीमा लगेकाले कुनै पनि कारणले स्थानीय निर्वाचन नरोकिने जिकिर गरे । त्यस्तै, पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले संविधान कार्यान्वयन कांग्रेसको मुख्य एजेण्डा भएको बताउँदै कार्यन्वयन गर्न र देशलाई बलियो बनाउन कांग्रेस बलियो हुनु पर्ने धारणा राखे ।

Sher Bahadru Deuwa

विशेष