राजनीति

स्वतन्त्रतालाई प्रगाढ राख्न वैदिक भावना जागृत गराउनुपर्छ - अध्यक्ष अोली

स्वतन्त्रतालाई प्रगाढ राख्न वैदिक भावना जागृत गराउनुपर्छ - अध्यक्ष अोली
फागुन - १४ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय स्वतन्त्रतालाई प्रगाढ राख्न प्रत्येक नागरिकका हृदयमा सनातन वैदिक भावना जागृत गराउनुपर्ने समय आएको बताएका छन् । नेपाल मानव धर्म सेवा समितिद्वारा आयोजित स्वर्णजयन्ती तथा सत्सङ्ग महोत्सवको आज हेटाैँडामा समापन गर्दै उनले आध्यात्मिक वैदिक धर्मको माध्यमबाट सभ्य समाज र परोपकारी भावना पुनःस्थापित गर्न सतसङ्गले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने –“समाजलाई जातीय, धर्म र क्षेत्रीयताबाट विभाजन गर्नुहुँदैन, समाजमा धार्मिक सहिष्णुताका माध्यमबाट शान्ति र बन्धुबान्धत्वको भावना माथि उठाउनुपर्छ ।” कार्यक्रममा भारतीय जगत्गुरु सन्पाद महाराजले पशुपतिनाथ, गौतमबुद्ध, जानकीलगायतबाट दैवीशक्तिमा अडेको नेपाललाई सनातन वैदिक धर्मको जागरणबाट आर्थिक, सामाजिक रुपबाट बलियो तुल्याउन सकिने बताए । दुईदिने सो समारोहमा नेपाललगायत भारत, भुटान र श्रीलङ्काका स्वामी, साधु, सन्तमहन्तसहित नेपालका मानव सेवा धर्मका ४० आश्रमबाट प्रतिनिधित्व भएको र करिब चार हजारजनालाई धार्मिक प्रशिक्षण दिइएको स्वर्णजयन्ती प्रचार प्रसार समितिका सचिव सुवास कुँवरले जानकारी दिए ।

KP Sharma Oli

विशेष