राजनीति

राप्रपाले संशोधन विधेयकलाई समर्थन नगर्ने

राप्रपाले संशोधन विधेयकलाई समर्थन नगर्ने
फागुन–१५ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई समर्थन नगर्ने भएको छ । आइतबार राप्रपा संसदीय दलको कार्यालयमा बसेको बैठकले संसदमा दर्ता भएको विधयेकले विद्यमान समस्या समाधान नगर्ने निष्कर्ष निकाल्दै अहिलेकै अवस्थामा संशोधन विधेयकलाई समर्थन नगर्ने भएको हो । बैठकले संशोधन विधेयकलाई राजनीतिक दलहरुबीच सहमति कायम गरेर मात्र निर्णयार्थ प्रस्तुत गर्नुपर्ने निर्णय गरेको छ । अहिलेको संशोधनले कसैलाई पनि खुसी नबनाएको र विधेयकलाई यथास्थितिमा राखेर दल बिच पहिला सहमति खोज्नुपर्ने राप्रपाको अडान छ । विधेयकमा समझदारी कायम नभएसम्म राप्रपाले संशोधन प्रस्ताव नराख्ने र प्रस्तुत विधेयकको समर्थन पनि नगर्ने जनाएको छ ।

राप्रपा संविधान संशोधन विधेयक

विशेष