राजनीति

कोटेश्वर क्याम्पसमा युवासंघ अध्यक्ष पहारीले भने–‘कसैले गुण्डागर्दी गर्छ भने युवासंघ र अनेरास्ववियू चुप लागेर बस्दैन’

कोटेश्वर क्याम्पसमा युवासंघ अध्यक्ष पहारीले भने–‘कसैले गुण्डागर्दी गर्छ भने युवासंघ र अनेरास्ववियू चुप लागेर बस्दैन’
फागुन–१५ । कोटेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियूले सांस्कृतिक कार्यक्रम गरेको छ । सांस्कृतिक कार्यक्रममा अनेरास्ववियू कोटेश्वर क्याम्पसले स्ववियू उम्मेदारहरुको नाम सार्वजानिक गरेको छ । कोटेश्वर महादेवस्थान मन्दिर परिसरमा बिहिबार भएको कार्यक्रममा प्रमुख अथिती पशुपती चौलागाई थिए । त्यसैगरी कार्यक्रममा युवासंघको अध्यक्ष राजीव पहारी, अनेरास्वीयु अध्यक्ष नविना लामाको पनि उपस्थिती थियो । अनेरास्ववियले स्ववीयू सभापतीको लागि माधव अधिकारीलाई यसअघि नै चयन गरेको थियो । स्ववियू उम्मेद्वारमा सचिव बिक्रम पोखरेल, कोषाअध्यक्ष सुस्मिता कार्की र सदस्यहरुमा नारायण बस्याल, सन्ध्या घिमिरे, दिपेन्द्र महोतरा, प्रमोद भट्राई र चन्द्र प्रसाद आचार्य रहेका छन् । संगठनले गरेको सांस्कृतिक कार्यक्रममा कार्यक्रम नायक रमित ढुंगानाको उपस्थिती रहेको थियो । कार्यक्रममा क्याम्पसको विद्यार्थीहरुले विभिन्न नृत्य, गायन र साहित्यको माध्यमबाट मनोरञ्जन दिएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अथिती चौलागाईले राम्रो र अनुशाशित टिमलाई चुनाव जिताउन विद्यार्थीहरुलाई आग्रह गरे । राम्रो टिम छान्ने अधिकार विद्यार्थीमा रहेकाले कसैको प्रलोभनमा विद्यार्थी फस्नु नहुने उनको तर्क थियो । त्यसैगरी युवासंघ अध्यक्ष पहारीले विद्यार्थी राजनीतिमा कसैले गुण्डागर्दी गरे युवासंघ र अनेरास्ववियूले त्यो हेरेर नबस्ने बताए । कायक्रममा अनेरास्ववियूका केन्द्रिय सचिव सुदेश पराजुली लगायत अन्य नेताहरुको उपस्थिती रहेको थियो । कोटेश्वर क्याम्पसमा ४ वटा विद्यार्थी संगठन प्रतिस्पर्धामा छन् । नयाँ शक्तिले संगठन दर्ता गरेपछि चुनाव प्रतिस्पर्धामा ४ वटा दल समावेश भएको हो । विभिन्न कार्यक्रमहरु गर्दै ४ वटै संगठनले आफु चुनाव जित्ने दावी गरेका छन् । आईतबारको कार्यक्रममा क्याम्पसका ५ सय जना भन्दा बढी विद्यार्थीहरुको उपस्थिती रहेको थियो । स्ववियू चुनाव फागुन १८ गते हुनेछ ।  

अनेरास्ववियू कोटेश्वर बहुमुखी क्याम्पस राजीव पहारी

विशेष