राजनीति

सांस्कृतिक संघको टिकेप्रथाविरुद्ध कांग्रेस केन्द्रीय कार्यालयमा उजुरी

सांस्कृतिक संघको टिकेप्रथाविरुद्ध कांग्रेस केन्द्रीय कार्यालयमा उजुरी

फागुन १५ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृति संघको महाधिवेशनमा पार्टीले गरेको हस्तक्षेपविरुद्ध पार्टी कार्यालयमा उजुरी परेको छ । गत माघ २५ गते चुनावी प्रक्रियालाई वेवास्ता गर्दै पार्टीले तीर्थबहादुर थापा नेतृत्वको केन्द्रीय पदाधिकारी घोषणा गरेपछि असन्तुष्ट कलाकारहरुको समूहले आइतबार पार्टी कार्यालयमा उजुरी दर्ता गरेका हुन् । सांस्कृतिक संघको महाधिवेशनमा केन्द्रीय पदहरुमा करिब ९९ जनाले मनोनयत दर्ता गरेका थिए । अध्यक्षसहितका पदहरुमा एक भन्दा बढी आकांक्षीहरु भएपछि निर्वाचनको तयारी हुँदै गर्दा पार्टीले हस्तक्षेप गरेर तीर्थबहादुर थापाको नेतृत्वमा एक थपना समिति घोषणा गरेको थियो । सभापति पदकी उम्मेदवार तथा निवर्तमान सहमहामन्त्री सुषमा कार्कीसहित यो प्रक्रियाको विरुद्ध रहेका ३० जना प्रतिनिधिहरुले लोकतान्त्रिक विधि र प्रक्रिया मिचेर खडा गरिएको समिति खारेज गरी निर्वाचनको मिति तोक्न पार्टी सभापतिसमक्ष माग गरेका छन् ।

विशेष