राजनीति

फोरम लोकतान्त्रिकसहित पाँच दलले गरे थप संशोधन दर्ता

फोरम लोकतान्त्रिकसहित पाँच दलले गरे थप संशोधन दर्ता
फागुन–१५ । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकमाथि मधेशी जनअधिकार फोरमसहित पाँच दलहरुले थप संशोधन दर्ता गराएका छन् । दलहरुले दर्ता गराएको संशोधनमा ८ प्रदेशको प्रस्ताव गरिएको छ । झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर र सिराहा राखेर नयाँ प्रदेश बनाउनु पर्ने प्रस्ताव गरिएको छ भने चितवनलाई टुक्याएर नवलपरासीलाई भने टुक्र्याउन नहुने प्रस्ताव गरिएको छ । फोरम लोकतान्त्रिकसँगै प्रस्ताव दर्ता गराउने अन्य चार दलमा थरुहट तराई पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च –थरुहट, दलित जनजाति पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा छन् ।

फोरम लोकतान्त्रिक सरकार संशोधन दर्ता

विशेष