शशांकको घरमा बसेको गोप्य बैठकको निष्कर्षः देउवा कमिसनखोर व्यापारी बने, उच्च पद बेच्न थाले
फागुन १६ । चुनावको घोषणासँगै नेपाली कांगेसभित्र बबण्ड मच्चिएको छ । बबण्ड मच्चिनुको कारण चुनाव होइन । पार्टी सभापति शेरबहादुर देउवाले उच्च पद लिला गर्न थालेपछि बवण्डर शुरु भएको हो । अहिले युरोपमा चर्चहरुले धर्मपत्र बेचेजस्तै देउवाले पद लिलाम गर्न थालेपछि विपक्षी रामचन्द पौडेल खेमा आक्रोशित भएको हो । रामचन्द खेमाको भनाइ छ–देउवा नै तानाशाह झै एकलौटी गर्न छाडिदिने हो भने कांगेस पार्टीले स्थानीय चुनावमा शर्मनाक पराजय भोग्नेछ ।
पराजय भोग्ने त पछिको कुरा भो, देउवाले चुनाव नै स्थगित गराउँछन भन्ने शंका रामचन्द पौडेल खेमामा रहेको छ । देउवाले चुनावको बाटोमा पार्टीलाई नलगेको, आफनो सम्पूर्ण ध्यान ठूला ठूला खरिद र राजनीतिक, प्रशासनिक, कूटनीतिक पद लिलाम बढाबढमा केन्द्रित गरेको उनीहरुको आरोप छ । फागुन १४ गते डा. शशांक कोइरालाको निवासमा बसेको रामचन्द्र खेमाको बैठकमा सबैले एक स्वरमा भने देउवाउले सबै उच्च पदहरु लिलाम गर्न थाले, देउवा सभापति होइन कमिसनखोर व्यापारी बने । –साँघु साप्ताहिकबाट