राजनीति

वैशाख ३१ गते स्थानीय निर्वाचन नगरे सरकारको औचित्य समाप्त : मन्त्री थापा

वैशाख ३१ गते स्थानीय निर्वाचन नगरे सरकारको औचित्य समाप्त : मन्त्री थापा
फागुन–१६ । स्वास्थ्यन्त्री गगनकुमार थापाले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन नगरे सरकारको औचित्य समाप्त हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले निर्वाचन गर्न यो सरकार बनेको भन्दै निर्वाचन गर्न नसके सरकारको औचित्य समाप्त हुने बताए । उनले भने–‘सरकार संविधान संशोधन र निर्वाचन गराउने काममा हरसम्भव लाग्नेछ ।’ मन्त्री थापाले मधेसी असन्तुष्ट दलहरु संविधान संशोधन गर्ने पक्षमा लाग्नुपर्ने बताउँदै संशोधन प्रस्ताव पारित नभए त्यही एजेन्डालाई निर्वाचनमा लैजान आग्रहसमेत गरे । उनले नेकपा ‘एमालेको संविधान संशोधन गर्न हुँदैन भन्ने र मधेसी मोर्चाको संशोधन गर्नुपर्छ भन्ने सोच अतिवादी हो’–भने । मन्त्रालयअन्तर्गत् रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानका खाली रहेका उपकुलपतिको नाम आफूले प्रधानमन्त्रीलाई दिइसकेको भन्दै यसलाई सरकारले चाँडो निर्णय गर्ने उनले बताए । रासस  

औचित्य गगनकुमार थापा सरकार स्थानीय निर्वाचन

विशेष