देश राजनीति

कालिकोटमा विद्यार्थीबीच झडप, चार घाइते, प्रहरीद्वारा अश्रुग्यास प्रहार

कालिकोटमा विद्यार्थीबीच झडप, चार घाइते, प्रहरीद्वारा अश्रुग्यास प्रहार
कालिकोट, फागुन - १६ । स्ववियु निर्वाचनको विषयलाई लिएर अनेरास्ववियु , नेविसंघ र अखिल क्रान्तिकारी,राप्रविसको विद्यार्थी प्यानलबीच झडप हुँदा चार जना विद्यार्थी घाइते भएका छन ।
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य लक्ष्मण वमको ढुङ्गा प्राहरवाट मान्म गाविस ५ निवासी अनेरास्वीयुका १६ वर्षीय मदन सिंह,थिर्पू गाविस ५ का १७ वर्षीय मन्दिरराज रोकाया,दाहाँ गाविस ३ का १७ वर्षीय नविन शाही घाइते भएका छन् । घाइतेहरुमध्ये मदन सिंह र मन्दिराजको अवस्था गम्भीर रहेको छ । घाइते सिहको जिल्ला अस्पताल कालिकोटमा र अन्यको आविस्कार मेडिकलमा भइरहेको छ । माओवादी केन्द्र निकट शिक्षक संगठनका जिल्ला अध्यक्षलाई नेविसङ्घ र अनेरास्वीयुका कार्यकर्ताले फागुन १६ गते मोसो दलेका थिए । शिक्षक संठनका अध्यक्षलाई मोसो दलेपछि अक्रोसित भएका माओवादी केन्द्रका कार्यकर्ताहरुले नेविसंघ अनेरास्वीयुको जुलसमा ढुङ्गा प्रहार गरेपछि झडप भएको थियो । झडपपछि जिल्लाको अवस्था तनावग्रस्त भएपछि प्रहरीले अश्रुग्यास प्रहार गनु परेको प्रहरी प्रमुख डिएस्पी योगेन्द्र खड्काले बताए ।

कालिकोट स्ववियु निर्वाचन

विशेष