राजनीति

मोरङमा पैँतीस दल दर्ता

मोरङमा पैँतीस दल दर्ता
फागुन–१६ । मोरङमा पैँतीसवटा दल दर्ता भएका छन् । क्षेत्रीय निर्वाचन कार्यालय, मोरङले दल दर्ताका लागि निर्धारित समय गत माघ १७ गतेभित्रमा सो सङ्ख्या बराबरको दल दर्ता भएको हो । नेकपा माले, नेकपा संयुक्त, मूलवासी पार्टी नेपाल र राष्ट्रवादी पार्टी निर्धारित अवधि पार गरेर दर्ताका लागि आवेदन आए पनि सूचीकृत नभएको सो कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टी आइतबार दल दर्ताका लागि आवेदन दिएको उनले जानकारी गराए । वैशाख ३१ गते हुन गइरहेको स्थानीय निर्वाचनमा दर्ता हुन नसकेका दलले पार्टीको आधिकारिक छाप पाउन नसक्ने र स्वतन्त्र उम्मेदवारका रुपमामात्र निर्वाचनको छाप पाउने सो कार्यालयले जनाएको छ । रासस

दर्ता दल मोरङ

विशेष