प्रवास रोजगार

कोरियामा नेपाली कामदारको माग बढ्यो, १० हजार कामदार लैजाने

कोरियामा नेपाली कामदारको माग बढ्यो, १० हजार कामदार लैजाने
फागुन–१६ । कोरिया सरकारले आगामी वर्षका लागि १० हजार २ सय नेपाली कामदार लैजाने भएको छ । रोजगार अनुमति प्रणाली अन्तर्गत सन् २०१७ मा ३ हजार १ सय कामदार लिएको कोरियाले यस वर्ष नेपाली कामदारको कोटा बढाएको हो । नेपाली पक्षले आउँदो चैतमा आवेदन र जेठमा परीक्षा सञ्चालनका लागि कोरियाको मानव संशाधन बोर्डलाई गरेको प्रस्ताव स्वीकृत गरेको छ । परीक्षाको लागि आवदेन चैत ९ गते देखि १८ गते सम्म खुल्ला हुनेछ । आवदेन अनलाइनबाटै भर्न सकिने छ । परीक्षा जेठ २८ र २९ गते हुने छ । इपिएस कोरिया शाखाका अनुसार कोरियाले कोटाबाट ६ हजार २ सय कृषि र ४ हजार औद्योगिक क्षेत्रमा लाने भएको हो । त्यस्तै यस वर्षका लागि अहिले सम्म २ हजार लेवर कन्ट्रयाक आएको छ ।

कोरिया नेपाली कामदार माग

विशेष