राजनीति

सरकारले मधेस, पहाड र हिमाललाई जोडछः प्रम

सरकारले मधेस, पहाड र हिमाललाई जोडछः प्रम
फागुन–१६ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार मधेस, पहाड र हिमाललाई जोडेर लैजाने काममा लागेको बताएका छन् । २१४४ औँ ग्याल्बो ल्होसारको हिमालयन सांस्कृतिक केन्द्रले आयोजना गरेको कार्यक्रममा उनले सबै क्षेत्रमा बसोबास गर्ने नेपालीका बीचमा संविधानलाई स्वीकार्य बनाउने गृहकार्यमा सरकार जुटेको बताए । ‘सबै जातजाति भाषाभाषीको एकीकृत रुपले नै नेपाल विश्वमा चिनिन्छ, शेर्पा जातिले हिमाल चढ्न विश्व कीर्तिमान कायम गरेकाले शेर्पा जातिका कारण पनि नेपाल विश्वमा परिचित छ’, उनले भने । धेरै जातजाति र भाषाभाषी भएकैले नेपाल सबैको साझा फूलबारी बनेको प्रधानमन्त्री दाहालले बताए । ‘सबै जातजाति र भाषाभाषीको एकताले मात्र राष्ट्रिय एकता बलियो हुन्छ’, उनले भने । कार्यक्रममा पूर्वमन्त्री एवम् सांसद कृपासुर शेर्पाले हिमाली क्षेत्रमा बस्ने शेर्पा जातिका लागि शेर्पा प्रदेश दिइनुुपर्ने माग गरे । रासस

पहाड र हिमाल पुष्पकमल दाहाल मधेस सरकार

विशेष