राजनीति

सेना परिचालन गराएरै भएपनि निर्वाचन गराउनुपर्छः बिजुक्छे

सेना परिचालन गराएरै भएपनि निर्वाचन गराउनुपर्छः बिजुक्छे
फागुन - १६ ।  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सेना परिचालन गरेर भए पनि तोकिएको मितिमा स्थानीय निर्वाचन गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा सांसद बिजुक्छेले स्थानीय निर्वाचन नगराउनका लागि विदेशी चलखेल सुरु भएको विचार व्यक्त गर्दै मुलुकभर एकैदिन सम्भव नभए खण्डखण्डमा भए पनि निर्वाचन गर्नुपर्नेमा जोड दिए । उनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विरोध गर्दैमा निर्वाचन प्रभावित नहुने जिकिर गर्दै सरकारले चाहेमा तराईका सबै ठाउँमा निर्वाचन गर्न सकिने बताए ।

Narayanman Bijukxya

विशेष