राजनीति

बिबिसीको जागिर छाडेर रविन्द्र मिश्र राजनीतिमा जाने

बिबिसीको जागिर छाडेर रविन्द्र मिश्र राजनीतिमा जाने

फागुन १७ । चर्चित पत्रकार रविन्द्र मिश्रले बिबिसी नेपाली सेवा छाड्ने भएका छन् । राजनीतिमा लाग्न उनले बीबीसी नेपाली सेवाको मासिक ६ लाखको जागिर छाड्न लागेका हुन् ।

मिश्रले नयाँ पार्टी स्थापना गर्न लागेका हुन् । राजनीतिमै लाग्न उनले यसअघि हेल्प नेपाल नामक संस्थामार्फत समाजसेवा गर्दै आएका छन् । सोही संस्थाका पदाधिकारीलाई समेटेर उनले राजनीति गर्न लागेका हुन् ।

दुईवर्ष अघिदेखि नै उनी राजनीतिमा लाग्ने चर्चा चल्दै आएको थियो । डा. बाबुराम भट्टराईसँग मिलेर उनले नयाँ पार्टी गठन गर्ने चर्चा चलेको थियो । तर मिश्रलगायत केही व्यक्ति उक्त पार्टीमा गएनन् ।

मिश्र, पूर्वमुख्यसचिव लिलामणि पौड्याल लगाएत नयाँ पार्टी गठनको तयारी गरेका थिए । तर, पौडेल चीनको राजदूत भएपछि उनीहरुको योजनामा धक्का लागेको थियो । अन्य विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाई समेटेर मिश्रले पार्टी गठन गर्न लागेको स्रोतले बताउँछ । जसका लागि डा. गोविन्द केसीदेखि नायक राजेश हमालसँग पनि छलफल गरेका थिए ।

पूर्वप्रशासक तथा साहित्यकारलाई समेटेर मिश्रले पार्टी घोषणा गरी राजनीतिमा लाग्न लागेका हुन् । सुशासन र देश विकासको भिजन सहितको घोषणापत्रहरु समेत तयार भइरहेको बताइन्छ ।

दृष्टि साप्ताहिक

rabindra mishra

विशेष