राजनीति

किस नगर्ने सर्तमा फिल्म साइन गर्छन् सलमान, जान्नुहोस् अन्य कलाकारका सर्त

किस नगर्ने सर्तमा फिल्म साइन गर्छन् सलमान, जान्नुहोस् अन्य कलाकारका सर्त
फागुन – १७ । बलिउडका नाम चलेका कलाकारहरु आफ्ना केही निजी सर्तमा फिल्ममा साइन गर्ने गर्छन् । उनीहरुका आफ्ना–आफ्नै सर्तहरु छन् जसले दर्शकलाई छक्क पनि पार्छन् । जान्नुहोस् यी बलिउड सेलिब्रेटिले फिल्म साइन गर्नु पूर्व राख्ने सर्तहरु:
१) कंगना रनौट — अभिनेत्री कंगना रनौटले प्रर्दशन भइरहेको फिल्म ‘रंगून’ मा एउटा सर्त राखिन् । सर्तअनुसार कंगनाले आफूले फिल्मका दुबै हिरोको भन्दा एक लाख बढि पारिश्रामिक पाउनुपर्ने थियो । फिल्म ‘रंगून’मा सैफ अली खान र साहिद कपूरले सात सात करोड पारिश्रामिक पाए भने कंगनाले सात करोड एक लाख भारतीय रुपैयाँ पारिश्रामिक पाइन् । २) सलमान खान — बलिउडका सुपरस्टार सलमान खानको फिल्ममा कुनै पनि असहज लाग्ने प्रकारका दृश्य हुँदैनन् । उनले अहिलेसम्म फिल्ममा किस सिन पनि दिएका छैनन् । सलमान खानले फिल्म साइन गर्ने बेलामा नै किस नगर्ने भनेर कन्ट्राक्ट साइन गर्ने गरेका छन् । सलमानको यो सर्तले फिल्म मेकरस्लाई पनि कुनै दिक्दारी भने छैन । ३) करीना कपूर — जुन फिल्ममा ए लिस्ट एक्टर छैन उक्त फिल्ममा करीना काम गर्दिनन् । करीनाले आफू ए लिस्ट एक्टरसँगमात्र स्कृन सेयर गर्ने सर्त राख्ने गरेकी छिन् । ४) अक्षय कुमार — वर्षमा २ देखि ३ वटासम्म फिल्म दिने अक्षकुमार आइतबारको दिन काम गर्दैनन् । काममा एकदम लगनशील र आफ्नो काम समयमै गर्ने अक्षयको सर्त आइतबार काम नगर्नु हो । आइतबारको दिन उनी परिवारसँग् समय बिताउँछन् । तर, धेरै समयदेखि चल्दै आएको उनको यो नियम उनले ‘ब्रदर्स’ र ‘वान्स अपन अ टाइम इन मुम्बाई दोबारा’ फिल्मको लागि भने तोडेका थिए । ५) ऋतिक रोसन — अभिनेता ऋतिक रोसन फिटनेस र शरीरको मामलामा निकै सचेत रहन्छन् । आउटडोर सुटिङको समयमा उनी उक्त ठाउँको सबभन्दा राम्रो जिम बुक गरिहाल्छन् । यसका साथै उनी राम्रो खाना मिलोस् भनेर आफ्नो कुकलाई पनि सँगै लैजान्छन् । यसको सबै तयारी भने फिल्मको निर्माताले गर्ने गर्छन् । यसका साथै ऋतिक सुटिङमा निर्धारित समय भन्दा बढि समय लिएमा त्यसको पनि एक्स्ट्रा पैसा चार्ज गर्ने गर्छन् । ६) सोनाक्षी सिन्हा — बलिउडकी दबंग गर्ल सोनाक्षी सिन्हाको पनि फिल्म साइन गर्नुअघि एक सर्त छ । उनी अन स्कृन किस गर्न असहमति व्यक्त गर्ने गर्छिन् । ७) रेखा — बलिउडकी सदाबहार नायिका रेखा फिल्मको मामलामा निकै मूडी छिन् । कुनै पनि फिल्ममा काम गर्दा–गर्दै आफूलाई चित्त नबुझेमा रेखा बीचमै फिल्म छोड्न पनि तयार हुन्छिन् । फिल्म ‘फितुर’ मा पनि रेखाले कट्रिनाको आमा बनेर भूमिका निभाएकी थिइन् । आधी सुटिङ भइसकेपछि रेखालाई आफ्नो लुक्स चित्त नबुझेर बीचमै उक्त फिल्ममा काम गर्न छाडिन् ।

bollywood salman khan

विशेष