राजनीति

मधेसवादी दलहरुलाई विवेकी बन्न प्रधानमन्त्रीको आग्रह

मधेसवादी दलहरुलाई विवेकी बन्न प्रधानमन्त्रीको आग्रह
फागुन – १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रका नाममा सम्बोधन दिएका छन् । मंगलबार साँझ प्रधानमन्त्रीले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । सम्बोन गर्दै प्रधानमन्त्रीले निर्वाचनविरुद्ध उभिएका मधेसवादी दलहरुलाई विवेकी बन्न आग्रह गरे । ‘उहाँ (मधेशवादी दलका नेताहरु)हरु आवेग होइन, विवेक देखाउनु हुनेछ,’ उनले अगाडि थपे, ‘राष्ट्रप्रति जिम्मेवारी देखाउनु हुने छ भन्नेमा म विश्वस्त छु ।’ प्रधानमन्त्री प्रचण्डले सम्बोधनका क्रममा एउटा पक्षको अवरोधका कारण तीन महिनादेखि संशोधनमाथि छलफल हुन नसकेको र संविधानमा गतिरोध पर्ने खतरा बढेको उनले बताए । संविधान संसोधनमा सरकार प्रतिवद्ध रहेको बताए । उनले भने ‘यो निर्वाचनले मधेशलाई आफ्नो असन्तोष मतपत्रबाट जाहेर गर्ने अवसर दिएको छ र यो अवसरको सदुपयोग हुनुपर्छ ।’

Puspakamal Dahal

विशेष