राजनीति

आज त्रिवि अन्तर्गतका झण्डै २ सय क्याम्पसमा स्ववियु चुनाव हुँदै

आज त्रिवि अन्तर्गतका झण्डै २ सय क्याम्पसमा स्ववियु चुनाव हुँदै

फागुन १८ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका झण्डै २ सय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुँदै छ । ६० वटा आंगिकमध्ये विवाद नभएका २४ वटा आंगिकसहित झण्डै २ सय क्याम्पसमा चुनाव हुने केन्द्रिय निर्वाचन समितिका सदस्य नरेन्द्र सिवाकोटीले जानकारी दिए ।

विद्यार्थी संगठनको आपसि किचलो र विवादका कारण आठ वर्षपछि हुन लागेको स्ववियु चुनाव धेरैजसो क्याम्पसमा हुन नसकेको हो । काठमाडौंसहित देशैभरिका ठूला क्याम्पसमा विभिन्न मागसहित विद्यार्थी संगठनले कतै तालाबन्दि त कतै आगजनी गरेका छन् ।

आज काठमाडौं उपत्यकाका सानोठिमी क्याम्पस र भक्तपुर वहुमुखी क्याम्पस, पूल्चोक इन्जिनियरिङ र थापाथलि इन्जिनिययिरङ, जनप्रशासन क्याम्पस, आइओएम र नर्सिङ क्याम्पस, आयुर्वेद क्याम्पस, कृषी क्याम्पसमा चुनाव हुने शिवाकोटीले जानकारी दिए ।

शंकरदेव क्याम्पसले आउँदो २४ गते गर्नेगरि स्ववियुको मिति तोकेको छ । चैत २० देखि ३ दिनसम्म प्रजातन्त्रवादी प्राध्यापकको अधिवेशन रहेको, चैत २६ गतेपछि परीक्षा सुरु हुने भएकाले अब फेरि स्ववियु चुनावको मिति कहिलेलाई तोक्ने भन्नेबारेमा अन्यौल भएको छ ।

Student Union Election

विशेष