राजनीति

मन्जीवसिंह पुरी नेपालका लागि भारतीय राजदूत

मन्जीवसिंह पुरी नेपालका लागि भारतीय राजदूत
फागुन १८ । भारत सरकारले मन्जीवसिंह पुरीलाई नेपालको राजदूतका लागि सिफारिस गरेको छ। स्रोतका अनुसार पुरीको एग्रिमोका लागि भारतले नेपालको परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । पुरी यसअघि बेल्जियमका लागि भारतीय राजदूत थिए । फेब्रुअरीमा उनको बेल्जियमको राजदूतको कार्यकाल सकिएपछि नेपालका लागि सिफारिश भएका हुन् । सन् १९८२ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका पुरी २००९ देखि २०१३ सम्म संयुक्त राष्ट्रसंघका लागि भारतीय राजदूत बनेका थिए । फेब्रुअरीमा रन्जित रेको कार्यकाल सकिएपछि नयाँ भारतीय राजदूत कसलाई बनाउने भन्ने अन्यौल थियो । नेपालको परराष्ट्र मन्त्रालयले पुरीको एग्रिमो पठाएपछि उनी नेपालको राजदूत बनेर आउने छन् ।

Manjib Sing Puri

विशेष