प्राधिकरणमा आज आधिकारिक ट्रेड युनियनको निर्वाचन
फागुन १८ । नेपाल विद्युत् प्राधिकरणमा आज (बुधबार) आधिकारिक ट्रेड युनियनको निर्वाचन हुँदैछ । आधिकारिक ट्रेड युनियनको निर्वाचनमा विभिन्न चार संघठनले सहभागिता जनाएका छन् ।
नेपाल विद्युत् प्राधिकरण नेपाल राष्ट्रिय कर्मचारी संघठन, नेविप्रा कर्मचारी संघ, नेविप्रा कर्मचारी युनियन र नेविप्रा कर्मचारी परिषद्ले निर्वाचनमा भाग लिने भएका छन् । प्राधिकरणलाई सबल र सक्षम बनाउन प्राविधिक नेतृत्व नै आवश्यक रहेको र ‘उज्यालो नेपाल’ अभियानलाई सार्थक बनाउनु नै आफूहरुको पहिलो एजेन्डा रहेको नेविप्रा नेपाल राष्ट्रिय कर्मचारी संघठनका अध्यक्ष खगेन्द्र शाहीले बताए ।
प्राधिकरणमा मुलुकभर ११ हजार कर्मचारी कार्यरत छन् । प्राधिकरणमा कार्यरत नेविप्रा कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराई प्राधिकरणलाई सबल र सक्षम बनाउने र कर्मचारीको मनेबल उठाउने आफूहरुको योजना रहेको बताए ।
सजिला र आर्कषक आयोजना प्राधिकरणले नै बनाउनुपर्ने धारणा राख्ने नेविप्रा कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेल कर्मचारीको समुन्नत भविश्यका लागि नै आफूहरु क्रियाशील रहेको बताउँछन् ।
नेविप्रा कर्मचारी परिषद्का अध्यक्ष सुरेन्द्रबहादुर पाण्डे प्राधिकरण बचाउने कार्यसूची नै आफूहरुको प्रमुख माग र निर्वाचन घोषणापत्र भएको बताउँछन् ।
विसं २०६२ सालमा आधिकारिक युनियनको निर्वाचन अहिले १२ वर्षपछि हुन लागेकाले आवश्यक व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।
Trade Union Election