अन्तरवार्ता भिडियो राजनीति कुरा: खस्रा मिठा

ओली चोथाले हुन्, उदण्ड र अराजक कार्यकर्ता जन्माएका छन् – राजनीतिक विश्लेषक सुवेदी (भिडियो अन्तर्वार्ता)

ओली चोथाले हुन्, उदण्ड र अराजक कार्यकर्ता जन्माएका छन् – राजनीतिक विश्लेषक सुवेदी (भिडियो अन्तर्वार्ता)

फागुन १८ । राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले अहिलेको संविधान कार्यान्वयन गरिए नेपाल टुक्र्ने बताएका छन् । संविधान कार्यान्वयन गराउने पक्षको जबर्जस्तीले मुलुक विभाजनको दिशामा गएको उल्लेख गर्दै विश्लेषक सुवेदीले भने, ‘पहाडमा कांग्रेसका नेताहरुमाथि आक्रमण हुनेछ, तराईमा एमालेका नेताहर पस्न सक्ने छैनन् । यसका धेरै संकेत देखा परिसकेका छन् ।’

सुवेदीले संविधान कार्यान्वयनमा नेपाली कांग्रेस पनि तगारोका रुपमा रहेको उल्लखे गरेका छन् । यसबारे तर्क दिँदै उनले भने, ‘शशांक कोइरालाले संघीयता, धर्मनिरपेक्षताबारे जनमत संग्रह हुन पर्ने माग राख्छन्, कांगे्रेस संविधान कार्यान्वयनमा लागेको छ । यो विरोधाभाष भयो ।’

 

अबको निर्वाचनमा नेकपा माओवादी केन्द्रीको हालत अझै शर्मनाक हुने सुवेदी दाबी गर्छन् । सुवेदीले भने, ‘अबको निर्वाचनमा प्रचण्ड एक हैसियत भएका नेताका रुपमा उदाउलान् त्यो एउटा कुरा हो । तर माओवादी त अबको निर्वाचनमा गयो गयो ।’

 

 

राजनीतिक विश्लेषक सुवेदीले आगमी निर्वाचनमा नेकपा एमालेको अवस्थाबारे खासै टिप्पणी गरेनन् तर एमालेले सधै अराजकता र उदण्डता पस्केर राजनीति गरिरहेको दाबी गरे । नेपाली कांग्रेसले भने अहिले आफ्नो जनाधार जोगाउन पनि नसकिरहेको बताए ।

 

नेकपा एमालेका अध्यक्ष केपी ओलीका कतिपय अडान ठीक भए पनि उनको चोथाले पन गलत रहेको सुवेदीको दाबी छ । उनले भने, ‘ओली चोथाले भए, उदण्ड र अराजक कार्यकर्ता उत्पादन गर्छन् ।’

 

केपी ओली जीवनको अन्तिम अवस्थामा भएको र यमराजले अभयदान दिएर बाचेको नेता भए पनि उहाँको स्वभाव कहिले पनि परिवर्तन नभएको सु्वेदीले उल्लेख गरे ।

arun kumar subedi KP Sharma Oli कुरा: खस्रा मिठा अरुणकुमार सुवेदी

विशेष