राजनीति

मेची–महाकाली अभियानमा अप्रिय घटना भए त्यसको जिम्मेवारी गृहमन्त्रीले लिनु पर्छ – अध्यक्ष ओली

मेची–महाकाली अभियानमा अप्रिय घटना भए त्यसको जिम्मेवारी गृहमन्त्रीले लिनु पर्छ – अध्यक्ष ओली
फागुन - १८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री गृहमन्त्री विमलेन्द्र निधि गम्भीर नभएको अरोप लगाएका छन् । एमालेले फागुन २१ देखि आयोजना गर्न लागेको १५ दिने मेची–महाकाली राष्ट्रिय अभियान बारे जानकारी दिन बुधबार आयोजित अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष ओलीले अभियान भाँड्ने षड्यन्त्र भइरहेकाबारे जानकारी गराउँदा पनि गृहमन्त्रीले गम्भीरतापूर्वक नलिएको आरोप लगाएका हुन् । अन्र्तक्रियामा अध्यक्ष ओलीले गृहमन्त्री निधिलाई आफूले सम्झाउन चाहेको बताए । ‘हामी उहाँलाई सम्झाउनुपरेको छ, गृहमन्त्री ज्यू तपाईं देशको हो, कांग्रेसको मात्रै होइन,' ओलीले अगाडि थपे, ‘गृहमन्त्रीको काम शान्ति सुव्यवस्था कायम गर्ने हो ।’ उनले मेची–महाकाली अभियान कसै विरुद्ध नभएको बताउँदै अभियानका क्रममा कुनै पनि अवाञ्छित क्रियाकलाप भए, त्यसको जिम्मेवारी गृहमन्त्रीले लिनु पर्ने बताए । उनले भने, ‘अभियानका क्रममा कुनै अप्रिय घटना भए त्यसको जिम्वारी गृहमन्त्रीले लिनुपर्छ ।’ अध्यक्ष ओलीले संसदमा संविधान संशोधन दर्ता गर्न र सैद्धान्तिक छलपल गर्न आफू केही लचिलो भएपनि त्यसलाई पारित गर्न नदिने अडान दोहोर्याए । विगतमा पाँच नम्बर जस्तै अहिलेको स्वरुपमा दुई नम्बर प्रदेश बनाउँदा गल्ती भएको बताउँदै उनले भने, 'अब त्यस्तो गल्ती हुन छैन ।'

KP Sharma Oli

विशेष