राजनीति

स्ववियु निर्वाचनः बर्दियाका ३ क्याम्पसमा नेविसंघकाे जिते, ३ क्याम्पसको निर्वाचन स्थगित

स्ववियु निर्वाचनः बर्दियाका ३ क्याम्पसमा नेविसंघकाे जिते, ३ क्याम्पसको निर्वाचन स्थगित
फागुन - १८ । बर्दियाका १० वटा क्याम्पस मध्ये ६ वटा क्याम्पसमा बुधवार निर्वाचन भएकाे छ भने बर्दियाको तीन वटा क्याम्पसमा भने निर्वाचन स्थगित भएको छ । सानोश्री तारातालको गुँरास बहुमुखी क्याम्पसको सभापतिमा १४ गते संयुक्त प्यानल बिजयी भएको थियाे । गुलरियाको बबई बहुमुखि क्याम्पस, जनसेवा वहुमुखि क्याम्पस वैदि र सदाशिव वहुमुखि क्याम्पस मगरागाडिमा आज हुने भनिएको स्ववियु निर्बाचन स्थगित भएको छ। बबई बहुमुखी क्याम्पस गुलरीयाकको क्याम्पस परिषरको स्ववियु  निर्वाचन कार्यालयमा नेबिसंघले ताला लगाएपछि स्ववियु निर्वाचन स्थगित भएको हो । त्यस्तै जनसेवा बहुमुखी क्याम्पस बैदीमा विद्यार्थी भर्ना भएको र नभएको विषयमा बिबाद भएपछी स्ववियु निर्वाचन स्थगित भएको बताईएको छ । यस्तै सदासिव क्याम्पस मगरागढीमा आपसी सहमती अनुसार यसपटक स्ववियु निर्वाचन नगर्ने भएकाे हाे । बर्दियाको बबई नगरपालिका बगानाहामा रहेको चुरे क्याम्पसको स्ववियु सभापतिमा कांग्रेस निकट नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ । नेबिसंघका नगेन्द्र हमाल ११७ मत ल्याई विजयी भएका हुन् । मैनापोखरको सारदा बहुमुखी क्याम्पस को स्ववियु सभापतिमा नेबिसंघका बिकास कोईराला ३ मतले संयुक्त प्यानलका सीमा नेपालीलाई पराजित गर्दै विजयी भएका छन्। बाँसगढीको बाँसगढी क्याम्पसको स्ववियु सभापतिमा संकर रानाभाट ८१ मत ल्याई बिजयी भए भने उनका प्रतिद्वन्दी संयुक्त प्यानलका धनीराम चौधरीले ४६ मत प्राप्त गरेकाे नेबिसंघ जिल्ला अध्यक्ष सोभाकान्त पौडेलले जानकारी दिए । बबई नगरपालिकाको भुरीगाउँको मनुषा टिकासिंह थापा क्याम्पस र सानोश्रीताराताल नगरपालिकाको गुँरास बहुमुखी क्याम्पसमा अनेरास्वबियु, कान्तिकारी सहितको संयुक्त प्यानल बिजयी भएको छ ।
भावुक योगी / बर्दिया  

स्ववियु निर्वाचन

विशेष