‘गृहमन्त्रीज्यू, यसलाई हल्का नलिनुस्, तपाईंजस्ता गृहमन्त्री हामीले देखिसकेका छौं’
फागुन १९ । प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले तराई मधेसमा गर्न लागिएको कार्यक्रमलाई हल्का नलिन भन्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई चेतावनी दिएका छन् । उनले संवैधानिक हैसियत भएको विपक्षी दलले गर्न लागेको सभा बिथोल्ने खालका अभिव्यक्ति निधिले दिएको भन्दै आफ्नो हैसियत ख्याल गर्न पनि भनेका छन् ।
‘गृहमन्त्री देशको हुन्छ, कुनै पार्टी वा क्षेत्रको हुँदैन, एमाले मेची महाकाली अभियानबारे जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ‘उक्साहटका कारण कुनै अप्रिय घटना भए त्यसको जिम्मेवारी लिनुपर्छ भनेका छा्रै । ’
ओलीले भने, ‘गृहमन्त्रीज्यू, यसलाई हल्का नलिनुस्, तपाईंजस्ता गृहमन्त्री हामीले देखिसकेका छौं’ कान्तिपुर दैनिकबाट