राजनीति

कोटेश्वर क्याम्पसमा अनेरास्ववियुले जित्यो, देशभरबाट कुन संगठनले कति सिट जिते

कोटेश्वर क्याम्पसमा अनेरास्ववियुले जित्यो, देशभरबाट कुन संगठनले कति सिट जिते

फागुन १९ । नेकपा एमाले आवद्ध अनेरास्ववियुले कोटेश्वर बहुमुखी क्याम्पसमा विजय हासिल गरेको छ । अनेरास्ववियुले अखिल क्रान्तिकारी र नेवीसंघको सयुक्त प्यानललाई हराएर जित हात पारेको हो ।

अनेरास्ववियुका माधव अधिकारीले ४१६ मत ल्याएका थिए भने क्रान्तिकारी र नेवीसंघका सयुक्त प्यानलका उम्मेदार कार्कीले ४१५ मत ल्याएका थिए । क्याम्पसमा अनेरास्ववियूले सभापती, सचिव, कोषअध्यक्षलगायत सदस्यहरुमा पनि जित हात पारेको छ । क्रान्तिकारीका एकमात्र सदस्य बज्र सिंह लामा विजयी भएका छन् भने अन्य सदस्यहरुमा अनेरास्ववियुले जित हात पारेको छ ।

त्यसैगरि देशभरको क्याम्पसमा अहिलेसम्मको स्थीतिमा अनेरास्ववियु भन्दा नेविसंघ अगाडी छ । नेविसंघका उपाध्यक्ष पुष्प शाहीले अहिलेसम्म नेविसंघले देशभरका ९४ क्याम्पसमा जित हासिल गरेको दाबी गरे ।

यस्तै अनेरास्ववियुका सचिव आरसी लामिछानेले आफ्नो संगठनले ९२ स्थानमा जित हासिल गरेको दाबी गरेका छन् । अखिल क्रान्तिकारीका उपाध्यक्ष तथा प्रवक्ता सुरेन्द्र बस्नेतले अहिलेसम्म राजधानीका तीन महत्वपूर्ण क्याम्पससहित देशका ४६ क्याम्पसमा जित हासिल गरेको बताए ।

यस्तै राप्रपा र नयाँ शक्तिले पनि क्रमशः २ र १ क्याम्पसमा जित हात पारेको बताइएको छ ।

Kotershwor campus Madav Adhikari

विशेष