राजनीति

एमालेको मेची–महाकाली अभियानको तयारी पूरा

एमालेको मेची–महाकाली अभियानको तयारी पूरा
फागुन - १९ । नेकपा एमालेले यही फागुन २१ बाट सन्चालन गर्ने मेची–महाकाली राष्ट्रिय अभियानको तयारी पूरा भएको छ । संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावको नारा रहेकोे अभियानका लागि नेपाली, मैथिली, थारू, डोट्याली र भोजपुरी भाषामा प्रचार सामग्री तयार गरी पठाइएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता र केन्द्रीय नेता सहभागी हुने सो अभियान झापाको काँकडभिट्टाबाट सुरु भइ कन्चनपुर हुँदै आगामी चैत ५ गते सुर्खेत पुगेर समापन हुनेछ । नेता र कार्यकर्ताको सामूहिक आवास हुनेछ । पार्टीका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थानीय पार्टी कमिटीले सबै व्यवस्थापन गरिसकेको र सम्पूर्ण खर्च सम्बन्धित जिल्लाले व्यवस्थापन गर्ने बताए । अभियानकाक्रममा साना–ठूला गरी ३३ स्थानमा आमसभा, प्रतिजिल्ला २० देखि ५० हजार गरी कुल ५० लाख मानिसको सहभागिता हुने पार्टीको अपेक्षा छ । अभियानका लागि १० हजार स्वयंसेवक, अलग्गै सांस्कृतिक टोली खटाइएको छ भने सोहीक्रममा पार्टी प्रवेश, ज्येष्ठ कम्युनिस्ट सम्मान तथा आयोजना शिलान्यास हुने भट्टराईले जानकारी दिए ।

KP Sharma Oli मेची– महाकाली अभियान

विशेष