निर्वाचनमा पराजित भएकी नेविसंघ नेतृले गरिन् आत्महत्या
फागुन–१९ । स्याङ्जामा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पराजित भएपछि नेविसंघकी नेतृले आत्महत्या गरेकी छन् ।
२० वर्षीया रिमा क्षेत्रीले स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका तर्फबाट दिएको सभापतिको उम्मेद्वारमा पराजित भएपछि आत्महत्या गरेकी हुन् ।
उनको शवसँगै निर्वाचनमा हारेकाले आत्महत्या गर्नुपरेको भनी लेखेको कागज भेटिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको छ ।
आत्महत्या
निर्वाचन
पराजित
रिमा क्षेत्री