राजनीति

आरआरमा फागुन २३ गते स्ववियु निर्वाचन हुने, यस्तो छ कार्यतालिका

आरआरमा फागुन २३ गते स्ववियु निर्वाचन हुने, यस्तो छ कार्यतालिका
फागुन – १९ । काठमाडौंको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा फागनु १८ गते हुन नसकेको स्ववियु चुनाव फागुन २३ गते हुने भएको छ । क्याम्पस प्रशासनले बुधबार दिउँसो आगामी २३ गते हुन लागेको चुनावको कार्यतालिका सर्वाजनिक गरेको हो । कार्यतालिका अनुसार फागुन २० गते विहान ११ बजेसम्म उम्मेदारी मनोनयन गर्ने, सोही दिन २ बजेभित्र प्रत्यक्षतर्फका उम्मेदारको नामावली सार्वजनिक गर्ने र बेलुका ४ बजेसम्ममा दाबी विरोध गर्न पाउने अन्तिम समय दिएको छ । सोही दिन ५ बजेसम्ममा उम्मेदारको नामावली प्रकाशन गरिने कार्यतालिकमा उल्लखे गरिएको छ । त्यसैगरी २१ गते १२ बजेसम्मा नाम फिर्ता लिन सक्ने छन् भने दिउँसो १ बजे अन्तिम नामावली प्रकाशन हुने छ । मतदान २३ गते हुने छ । मतदानको समय अन्तिम नामावली प्रकाशन पछि तोक्ने निर्वाचन समितिले जनाएको छ ।

स्ववियु निर्वाचन

विशेष