प्रवास रोजगार

अब अष्ट्रेलियामा जागिर पाउन कठिन, ४५७ भिसा बन्द गर्ने सरकारको निर्णय, के हो ४५७ भिसा ?

अब अष्ट्रेलियामा जागिर पाउन कठिन, ४५७ भिसा बन्द गर्ने सरकारको निर्णय, के हो ४५७ भिसा ?

फागुन – १९ । अमेरिकापछि अब अष्ट्रेलिया सरकारले पनि कामदारका लागि दिँदै अाएकाे ४५७ भिसामा कडाइ गर्ने घोषणा गरेको छ । अष्ट्रेलियाका विदेशमन्त्री पीटर डटनले फास्टफूड उद्योगमा काम गर्ने कामदारका लागि दिदै आएको ४५७ भिसा अष्ट्रेलिया सरकारले बन्द गर्न लागेको बताएका हुन् । उक्त निर्णयले नेपाल, भारतलगायतका देशका प्रवासी कमदार प्रभावित हुने छन् । सबैभन्दा वढी भारतीय कामदार प्रभावित हुने बताइएको छ किनकि ४५७ भिसा प्राप्त गर्नेमा एक चौथाई भारतीय छन् ।
भिसा बन्द गरिएको घोषणा गर्दै विदेश मन्त्री डटनले अष्ट्रेलियन नागरिककाे राेजगारी सुरक्षित गर्न यस्तो निर्णय लिएको बताए । डटनका अनुसार विशेष गरी अष्ट्रेलियन युवा कामदारलाई लक्षित गरि विदेशी कामदारलाई भिसा दिन राेक लगाइएकाे हाे। तर, विशेष स्थितिमा भने भिसा दिन नराेकिने उनकाे भनाइ छ । अष्ट्रेलिया सरकारले २०१२ बाट विपक्षी लेबर पार्टीको पहलमा फास्ट फूड उद्योगमा केन्द्रित रहेर विदेशी कामदारलाई ४५७ भिसा दिन सुरु गरेको हो । तर, उक्त निर्णयविरुद्ध लेबर पार्टीकै रोजगार प्रवक्ता ओ कानरले आपत्ती जनाएका छन् । कानरले यो भिसा अदक्ष कामदारमा लागू नहुने बताए । यता, डटनले काम गरिरहेका कर्मचार पनि प्रभावित हुने बताएका छन् । तर, वर्तमान प्रणालीमा डटनको भनाइलाई प्राथमिकता नदिइने बीबीसीमा उल्लेख गरिएकाे छ। विदेश मन्त्री डटनले भने, ‘व्यवसायीलाई विदेशी कामदारको आवश्यकता छ, जो आर्थिक विकासमा योगदान गर्ने गर्दछन् । उनीहरुको बारेमा विचार गरिने छ ।’ [caption id="attachment_58892" align="aligncenter" width="624"] अष्ट्रेलियाका विदेशमन्त्री पीटर डटन[/caption]
सन् २०१२ बाट यता म्याकडोनाल्ड, केएफसी र हन्ग्री ज्याक्सलगायत अन्य फास्फुड उद्योगले करिब ५ सय विदेशी कामदारलाई ४५७ भिसा दिएका थिए। सरकारी तथ्यांकअनुसार पछिल्लो वर्ष सेक्टम्बरसम्ममा ४५७ भिसामा ९५ हजार ७ सय ८ जना अष्ट्रेलियामा बसेका थिए भने २०१५ मा याे भिसाकाे माध्येमबाट बस्नेकाे संख्या १ लाख ३ हजार ८ सय ६२ पुगेको थियो । २०१२ बाट यता ४५७ भिसा प्राप्त गरेका मध्ये सबैभन्दा धेरै म्याकडोनाल्डमा कायरत छन् । त्यस्तै केएफसी र हन्ग्री ज्याक्समा करिब सय जनाले भिसा प्राप्त गरेका थिए । अष्ट्रेलिया सरकारले २०१६ मा सबैभन्दा धेरै सेफ, सफ्टवर टेवलपर्स, प्रोग्रामर्स र मेडिकल कर्मचारीलाई दिएको थियो । के हो ४५७ भिसा ?
  • यो चार वर्षको लागि अष्ट्रेलिया सरकारले दिने भिसा हो । यो भिसा प्राप्त गरेपछि परिवारसहित चारवर्षसम्म अष्ट्रेलियामा बस्न पाइन्छ ।

  • यो भिसा दक्ष कामदारको कमीलाई पूरा गर्नको लागि दिइन्छ ।

  • कम्पनीमा कुनै अष्ट्रेलियन नागरिक काम गर्न अस्वीकार गरेपछि मात्र यो भिसा जारी हुन्छ ।

  • यो भिसा प्राप्त गरेका व्यक्ति स्वतन्त्र रुपमा अष्ट्रेलियामा आउजाउ गर्न सक्छन् ।

Australia

विशेष