राजनीति

स्ववियु निर्वाचनः १ सय ५ क्याम्पसमा चुनाव जितेको नविसंघको दाबी

स्ववियु निर्वाचनः १ सय ५ क्याम्पसमा चुनाव जितेको नविसंघको दाबी
फागुन - १९ । नेपाली कागे्रस निकट नेपाल बिद्यार्थी संघले मुलुकका अधिकाशं क्याम्पसमा भएको निर्वाचनमा आफ्नो संगठनले जित हासिल गरेको दाबी गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दे नेविसंघले अन्य संगठनले प्रचार गरेजस्तो जीत हासिल नगरेको भन्दै आफ्नो संगठनले मुलुकभरका एकसय ५ क्याम्पसमा जित हासिल गरेको दाबी गरेको हो । त्यस्तै निर्वाचन भएका मध्ये ४२ क्याम्पसमा सचिव सहित प्यानलै बिजयी भएको नेविसंघले जनाएको छ । नेविसंघले स्ववियु निर्वाचनमा संगठनको आधिकारीक उम्मेद्वारका बिरुद्ध बागी उठ्ने र त्यसमा सहयोगी भूमिका निर्वाह गर्ने उपर अनुसासन समितिमार्फत दुई बर्षको कारवाही गरिएको जनाएको छ ।

विशेष