विचित्र विश्व

अचम्मको बालक जन्मदै ८० वर्षको बुढो जस्तो

अचम्मको बालक जन्मदै ८० वर्षको बुढो जस्तो

बंगलादेशमा एकजना महिलाले अचम्मको बालकलाई जन्म दिएकी छिन् । ती बालक हेर्दा ८० बर्षका बुढा जस्ता देखिन्छन् ।

यस्तो किन भयो, किन यी बालक बुढाजस्ता देखिए भन्ने कुरामा सबै सोच्न बाध्य छन् । बच्चा बंगलादेशको मगुरा भन्ने स्थानमा जन्मिएको हो । उनको अनुहार पुरै चाउरी परेको र आँखा पनि ठूलो र रातो छ । बच्चाको ढाडमा समेत बाक्ला रौंहरू छन् जसका कारण उनी वृद्धजस्ता देखिएका छन् ।

चिकित्सकका अनुसार, कुनैपनि तवरबाट यी बालक नवजात शिशुजस्ता देखिदैनन् । सामान्यतया शिशुको छाला नरम र मुलायम हुने गर्दछ तथा चाउरी पर्ने सम्भावना त हुँदैहुँदैन । यी बालकलाई हेर्न मानिसहरूको लाइन लागेको छ । तर, ती बालकका आमाबुबा भने खुसी छन् किन कि उसको जन्मबाट उनीहरू एकदमै खुसी छन् ।

विशेष