राजनीति

राप्रपाको चुनाव चिन्ह गाई, एमाले पछ्याउंदै मेचीकाली अभियानको घोषणा

राप्रपाको चुनाव चिन्ह गाई, एमाले पछ्याउंदै मेचीकाली अभियानको घोषणा

फागुन २० । नेकपा एमाले र नेपाली कांग्रेससँग प्रतिस्पर्धा गर्ने रणनीतिमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि एमालेले जस्तै मेची–महाकाली अभियानको घोषणा गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको केन्द्रीय कमिटीको बैठकले आगामी चैत ८ देखि १२ गतेसम्म मेचीकाली राष्ट्रिय एकता यात्रा गर्ने निर्णय गरेको छ । उक्त मेचीकाली राष्ट्रिय यात्रा चितवनमा आएर टुंगिने छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठकले चुनाव चिन्हबारे टुंगो लगाउँदै हलोको साटो गाईलाई नै रोजेको छ । बहुमत केन्द्रीय सदस्यको चाहना अनुसार राप्रपाको चुनाव चिन्ह गाई रहने भएको राप्रपाका सहायक प्रवत्ता राजाराम बर्तौलाले बताए ।

यसअघि चुनाव चिन्ह हलो राख्ने कि गाई भन्नेबारे केही नेताहरुको फरक मत देखिएको थियो । गत मंसिरमा पार्टी एकता हुनुअघि हलो राप्रपाको र गाई राप्रपा नेपालको चुनाव चिन्ह थियो ।

kamal Thapa Raprapa Nepal Rppn

विशेष