राजनीति

ओलीलाई भेट्न बालकोट पुगे निधि के भयो कुराकानी

ओलीलाई भेट्न बालकोट पुगे निधि के भयो कुराकानी
फागुन २० । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । निधिले एमालेको सभा विथोल्न भनेको दाबी गर्दै एमाले नेताहरु उनीविरुद्ध खनिँदै आएका छन् । ओली स्वयंमले पनि निधिको नाम नै लिएर चेतावनी दिएपछि निधि उनलाई भेट्न बालकोट पुगेका थिए । भेटमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले कुनै दलको सभा बिथोल्ने अभिव्यक्ति आफूले नदिएको प्रष्ट पारेका छन् । जवाफमा एमाले अध्यक्ष ओलीले पनि ‘मेची–महाकाली अभियानबारे तपाईँले त्यस्तो शब्द प्रयोग गरेको भनेर साथीहरुले भनेका छन’ भन्दै त्यस्तो शब्द प्रयोग गरेको विश्वास नलागेको बताएका छन् । एमालेले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री निधिले एमाले कार्यकर्तालाई मेची–महाकाली अभियानमा लखेट्ने अभिव्यक्ति दिएको आरोप लगाएको थियो । लहानमा नेपाल महिला संघद्धारा आयोजित कार्यक्रममा निधिले एमालेले संविधान संशोधनमा अबरोध गरेको भन्दै भण्डाफोर गर्नुपर्ने बताएका थिए । बालकोटमा भएको भेटमा उपप्रधान तथा गृहमन्त्री निधिले एमालेको मेची-महाकाली अभियानका क्रममा सुरक्षाको व्यबस्था गर्न आफूले सुरक्षा निकायलाई निर्देशन दिएको जानकारी गराएका छन् ।

bimalendra nidi KP Oli

विशेष