राजनीति

राप्रपाको चुनाव चिह्न ‘गाई’ नै हुने

राप्रपाको चुनाव चिह्न ‘गाई’ नै हुने
फागुन–२० । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले ‘गाई’ चुनाव चिह्न कायम गर्न सर्वसम्मत निर्णय गरेको छ । धुमबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बिहीबारदेखि शुरु भएको बैठकले मुलुकलाई सनातन धर्म कायम गर्न आगामी चैत ८ देखि १२ गतेसम्म ‘राष्ट्रिय एकता यात्रा’ अभियानका रुपमा देशभर पुर्‍याउने निर्णय गरिएको नेता राजाराम श्रेष्ठले जानकारी दिए । उक्त अभियानअन्तर्गत आधुनिक नेपालको एकीकरणका लागि शुरुवात गरिएको स्थान गोर्खा, झापा, कञ्चनपुर र काठमाडौँबाट स्वयम्सेवक परिचालन गरी देशभर घरदैलो कार्यक्रम तथा आर्थिक विकासका बारेमा अन्तरक्रियासमेत गरिने छ । बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्थाका बारेमा पनि छलफल गरिएको छ र नयाँ संविधानअनुसार पार्टीको स्थानीय संरचनामा सङ्गठनको विस्तार गर्नेबारे बैठकमा छलफल गरिएको राप्रपाले जनाएको छ । राप्रपा नेपाल र राप्रपा बीच एकीकरण हुनुअघि गाई राप्रपा नेपालको चुनाव चिन्ह थियो । रासस  

चुनाव चिह्न राप्रपा

विशेष