राजनीति

मेची–महाकाली अभियान सुरु सँगै एमालेले अकस्मात थप्यो २० थारु/मधेसी केन्द्रीय सदस्य

मेची–महाकाली अभियान सुरु सँगै एमालेले अकस्मात थप्यो २० थारु/मधेसी केन्द्रीय सदस्य

फागुन २१ । नेकपा एमालेले मेची–महाकाली अभियान शनिबारदेखि शुरु गर्दैछ । शनिबार नै एमालेले अकस्मात २० जना मधेसी र थारुलाई केन्द्रीय कमिटीमा थपेको खबर बाहिरिएको छ ।

झापामा शुक्रबार बसेको स्थायी समितिको बैठकले १२ जनालाई पूर्ण सदस्य बनाएको छ । पूर्ण सदस्यहरुमा धनुषाबाट रघुबीर महासेठ, सिराहबाट धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, पर्साबाट रामचन्द्र साह तेली, महोत्तरीबाट रामदयाल यादव, धनुषाबाट रत्नेश्वर गोइत, यदुवंश झा, हरिनारायण महतो र सर्लाहीबाट रवीन्द्र बैठा, रौतहटबाट लालबाबु यादव छन् ।

त्यस्तै गरी एमालेले नौ जना बैकल्पिक सदस्य पनि थपेका छ । थपिनेहरुमा केैलालीबाट नारदमुनी राना, धनुषाबाट सुधीर साह, जुली महतो, उदयपुरबाट मञ्जु चौधरी, झापाबाट हरी राजवंशी, रौतहटबाट सरला यादव, बाँकेबाट महम्मत हारुन रहेका छने । पूर्वसांसद शान्ता चौधरी पनि वैकल्पिक सदस्यमा परेकी छन् ।

एमाले स्थानीय समिति बैठकले कैलालीका हनुमान चौधरीलाई केन्द्रीय सल्लाहकार परिषद र मायाराम चौधरीलाई प्रदेश ७ को संगठन कमिटी सदस्यमा मनोनयन गरेको पार्टी सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विशेष