राजनीति

रविन्द्र मिश्रको साझा पार्टीमा सबैभन्दा कान्छा सदस्य अब्दुस मिया

रविन्द्र मिश्रको साझा पार्टीमा सबैभन्दा कान्छा सदस्य अब्दुस मिया
फागुन - २१ । बीबीसी प्रमुखकाे जागिरबाट राजीनामा दिएर राजनीतिमा सक्रिय बनेका रवीन्द्र मिश्रकाे साझा पार्टीकाे प्रारम्मिक समूहमा कान्छा सदस्यले सदस्यता लिएका छन् । माेटिभेटरसमेत रहेका २३ वर्षीय अब्दुस मियाले मिश्रकाे पार्टीमा सदस्यता लिएका हुन् ।
मिश्रले सामाजिक सञ्जाल फेसबुकमा मियाले पार्टीमा सदस्यता लिनका लागि युवाहरुको ठूलो संजाल रहेको ‘युथ इनिसियटिभ’बाट राजीनामा दिएको उल्लेख गरेका छन् । मिया अहिलेका युवापुस्तामाझ परिचित नाम हो । उनी केही वर्षअघि टेलिभिजनमा प्रेरणादायी कार्यक्रम ‘ओपन स्पेस नेपाल’ को सञ्चालन गर्ने गर्थे । उनी अहिले एउटा आइटी कम्पनी र युवाहरुमाझ नेतृत्व क्षमता विकास गर्ने लिडरसिप कर्नरका संस्थापक तथा प्रमुख कार्यकारी पनि हुन् ।

Abdush Miya Rabindra Misra Sajha Party

विशेष