राजनीति

निर्वाचन तिथि जनतालाई भ्रमित गर्ने षडयन्त्र - संयोजक भट्टराई

निर्वाचन तिथि जनतालाई भ्रमित गर्ने षडयन्त्र - संयोजक भट्टराई
फागुन - २१ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकारद्वारा घोषणा गरिएको निर्वाचन तिथि जनतालाई भ्रमित गर्ने षडयन्त्र भएको आरोप लगाएका छन्। सो पार्टीद्वारा शनिबार जनकपुरधाममा आयोजित नयाँ धु्रवीकरण सभामा बोल्दै उनले मधेसी, जनजाति, आदिवासीलगायतकालाई निर्वाचनमा जाने वातावरण नबनाएसम्म निर्वाचनको कुरा औचित्यहीन भएको बताए। उनले सीमाङ्कनको टुङ्गो नलागेसम्म निर्वाचन असम्भव भएको प्रसङ्ग उल्लेख गरे। डा भट्टराईले नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) सत्ताको समीकरणका लागि उद्यत् देखिएको पनि बताए। उनले विद्यमान समस्याको निकासका लागि सर्वदलीय सरकारको आवश्यकता छ भन्दै सत्ता लम्ब्याउने खेलप्रति सजग हुन सबैलाई आग्रह गरे। उनले मधेसी जनताको राष्ट्रवादितामा शंका गर्न नसकिने पनि बताए।

Dr. Baburam Bahttari

विशेष