राजनीति

एमालेले गलत समयमा मेची–काली अभियान सञ्चालन, मधेसमा द्वन्द्व बढ्ने - अध्यक्ष ठाकुर

एमालेले गलत समयमा मेची–काली अभियान सञ्चालन, मधेसमा द्वन्द्व बढ्ने - अध्यक्ष ठाकुर
फागुन - २१ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेकपा (एमाले)ले गलत समयमा मेची–काली अभियान सञ्चालन गरेको दाबी गरे । एमालेको यो अभियानले मधेसमा द्वन्द्व बढ्ने चेतावनी दिए । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष ठाकुरले भने, ‘अहिले मधेस अशान्त छ, जनतामा आक्रोश छ, ठाउँ–ठाउँमा आन्दोलनहरू भइरहेका छन्, यस्तो अवस्थाम एमाले जस्तो विगतमा सरकारमा बसेको र फेरि पनि सरकारको नेतृत्व लिन सक्ने पार्टीले गलत समयमा गलत काम गरेको छ, यसले जनतामा गलत सन्देश प्रवाह भएको छ, यसले वातावरणलाई बिर्गाछ ।’ उनले थपे ‘स्थितिलाई भड्काउँछ, यो अभियानले परिस्थिति असहज बन्छ, अभियानबाट उत्पन्न परिस्थितिको जिम्मेवारी एमालेले नै लिनुपर्छ।’ एमालेको अभियानले असहज स्थिति पैदा हुने खतरा औंल्याएको उनको दाबी छ । साक्षात्कारमा ठाकुरले भने, ‘हामी अहिले शान्तिपूर्ण आन्दोलनमा छौँ, यदि एमाले लठ्ठी लिएर आए मधेसमा नमस्कार पाउँदैन् ।’ यद्धपी उनले आफूहरू मधेसमा द्धन्द्ध नभएर शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको स्पष्ट पारे । एक फरक प्रसङमा उलने भने, ‘हामी कहाँ चुप लागेर बसेका छौँ र रु हामी त शान्तिपूर्ण आन्दोलन मै छौँ, हाम्रो माँग पूरा हुनुपर्छ, त्यसको लागि लागिरहेका छौँ ।’ अध्यक्ष ठाकुरले संविधान जारी गरेझैं बलजफ्ती गरेर चुनाव गर्न खोजिए देशको अवस्था भयावह हुने धारणा राखे । उनले सरकारले स्थानीय तहको निर्वाचनको मिति हतारमा घोषणा गरेर गम्भीर गल्ती गरेको टिप्पणी समेत गरे । उनले भने, ‘सरकारले चुनावको मिति घोषणा गरेर् गल्ती गर्‍यो, अहिले संविधान संशोधन र निर्वाचन दुवै धरापमा परेको छ ।’ सरकार गठन गर्दा कांंग्रेस, माओवादी केन्द्रले आफूहरुसँग गरेको तीन बुँदे सहमति अनुसार पहिले संविधान संशोधन गरेरमात्रै चुनाव गर्नुपर्ने बताए ।

Mahanta Thakur

विशेष