राजनीति

उपलब्धिलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य - गच्छदार

उपलब्धिलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य - गच्छदार
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधानको सफल कार्यान्वयन र राजनीतिक उपलब्धिलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य रहेको बताएका छन्। विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले संविधान कार्यान्वयनको पहिलो खुड्किलो स्थानीय निर्वाचन भएकाले निर्वाचनलाई सबैले उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए। निर्वाचनले मात्रै राजनीतिक स्थायित्व कायम हुने भन्दै अध्यक्ष गच्छदारले न्यूनतम सहमति गरेर भए पनि असन्तुष्ट पक्षलाई निर्वाचनमा सहभागी गराउनुपर्ने विषयमा जोड दिए। उनले संविधान संशोधन र निर्वाचन प्रक्रियालाई सँगसँगै अघि बढाउन सकिने विचार प्रकट गरे। नेकपा एमालेको मेची–महाकाली अभियान सुरु भएकाले यसलाई बिथोल्ने गतिविधि गर्न नहुने उल्लेख गर्दै उनले एक अर्काको निषेधको राजनीति गर्न खोजे मुलुकमा राजनीतिक मुठभेड सिर्जना हुनसक्ने भएकाले यस विषयमा दलहरुलाई सचेत हुनुपर्ने सुझाव प्रकट गरे।

विजयकुमार गच्छदार

विशेष