राजनीति

राजदूत सिफारिसमा गल्ती भयो - परराष्ट्रमन्त्री महत

राजदूत सिफारिसमा गल्ती भयो - परराष्ट्रमन्त्री महत
फागुन - २१ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले राजदूत सिफारिसमा गल्ती भएको स्वीकारेका छन् । जेनेभामा भएको अन्तर्रा्ष्ट्रिय मानव अधिकार परिषद्को बैठकमा सहभागी भएर स्वदेश फर्किएपछि अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री महतले यथेष्ठ सूचनाबिना नै राजदूतका लागि सिफारिस भएका कारण गल्ती भएको स्वीकारेका हुन् । उनले धेरै दलको संयुक्त सरकार भएकाले राजदूत सिफारिसमा बढी विवाद भए पनि आफ्नो नियत खराब नभएको दाबी गरे । सरकारले सिफारिस गरेका विवादित राजदूतबारे भने मन्त्री महतले प्रतिक्रिया दिन चाहेनन् । विवाद बढेपछि राजदूतका लागि सरकारले स्पेनका लागि सिफारिस गरेका भरत रायमाझी र यूएईका लागि सिफारिस भएकी आशा लामाको नाम हटाइएको छ । सरकारले फागुन ९ गते १४ देशका लागि राजदूत सिफारिस गरेको थियो ।

Dr Prakash Saran Mahat

विशेष