राजनीति

विश्वकै दरिद्रतम् मुुलुक नेपालमा पूर्वविशिष्टलाई आजीवन बसीबसी लाखौं

विश्वकै दरिद्रतम् मुुलुक नेपालमा पूर्वविशिष्टलाई आजीवन बसीबसी लाखौं

फागुन –२२ । तपाईंले चुनावमा कसैलाई भोट दिएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख मन्त्री आदी विशिष्ट पदमा पुर्याउनु भएको छ भने आफ्नो काम सकियो भनेर ढुक्क नहुनु होला । किनभने, अब त्यसरी सर्वोच्च पदमा पुर्याएको व्यक्ति पदमुक्त भएपछि पनि बाँचुञ्जेल तपाईकै काँधमा उसको भरणपोषणलगायतको दायित्व आउनेवाला छ । त्यसैका लागि गृहमन्त्री विमलेन्द्र निधिले १२ फागुनमा संसदमा पूर्वपदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता गराएका छन् । यसमा कोही लाभग्राहीको पनि विमती छैन । उक्त विधेयक जस्ताको तस्तै पारित हुने हो भने ४६ साल यता सत्ता र शक्तिमा पुर्याएका विशिष्टले जीवनर राज्यको ढुकुटीबाट सुविधा लिनेछन् । जसअनुशार पूर्वराष्ट्रपतिलाई मासिक २२ लाख रुपैयाँ बराबरको सुविधा राज्यले दिनु पर्छ भने पूर्वउपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख तथा अध्यक्ष प्रत्येकलाई २ लाख ५० हजार रुपैयाँ बराबरको सुविधा दिनु पर्छ । –नेपाल साप्ताहिकबाट

विशेष