राजनीति

आरजुले आफै र आफ्ना दाजुभाई परिचालन गरेर कसरी मुलुकमा आर्थिक सेटिङ मिलाउँछिन् ? (विस्तृतमा)

आरजुले आफै र आफ्ना दाजुभाई परिचालन गरेर कसरी मुलुकमा आर्थिक सेटिङ मिलाउँछिन् ? (विस्तृतमा)

फागुन –२२ । मुलुकभित्रको शक्ति केन्द्रमा अहिले पनि १ सय ४ वर्ष शासन गरेको राणा परिवार र २ सय ४० वर्ष शासन गरेको शाह परिवारको प्रभूत्व समाप्त भइसकेको छैन । यो त्यस्तो शक्ति हो, जसले अरु शक्तिलाई अहिले पनि चलाई रहेको छ । यहि शक्तिको सहयोगका कारण शेरबहादुर देउवाले आफूलाई चुनौती दिएको बुझाइ कुनै बेला गिरिजाप्रसाद कोइरालाको थियो । ०५९ सालमा देउवाको नेतृत्वमा भएको कांग्रेस विभाजनलाई कोइरालाले यसरी नै हेरेका थिए ।

आरजु राणासँग विवाहपछि स्वभाविक रुपमा आफूलाई मात्रै राष्ट्रवादी र यो देश आफ्नो विर्ता मान्ने सभ्रान्त वर्गसँग नजिकिन पुगे शेरबहादुर देउवा । उनीसँगको दाम्पत्य जीवन प्रारम्भवसँगै देउवाले नेपालभित्रको एउटा यस्तो नेपाल देखे, जसको प्रतिनिधित्व त्यतिबेला राजदरबारले गर्थ्यो । सभ्रान्त वर्गसँग उठबस हुन थालेपछि उनी नेपाली राजनीतिमा प्रभावशाली भूमिका खेल्ने सभ्रान्त वर्गको प्रिय ज्वाइँ बने । यसैले उनीमाथि प्रधानमन्त्री पदमा टिकिरहन मोहनशमशेरको बिर्के टोपी लगाएको शाही कांग्रेसको आरोप थियो । बिर्सन नहुने कुरा के हो भने राजा महेन्द्रकी पत्नी रत्न शाह र आरजु भाई भाईका छोरीहरु हुन् ।

देउवा शक्तिमा पुगेपछि आरजुको भूमिका एनजिओकर्मीका रुपमा मात्रै सीमित रहेन । अझ पछिल्लो वर्ष देउवा पार्टी सभापति पनि हुनु र कांग्रेस सरकारमा पुग्नुले उनको दुवै हातमा लड्डु पर्यो । तर त्यही बिन्दुरबाट कांग्रेसभित्रै देउवाका परिवार तथा नातेदारबाट सहन नसकिने हदसम्मको हस्तक्षेप हुँदै आएको झिनो आवाजा सुनिन थाल्यो ।

दीपक खड्कालाई खानेपानी तथा सरसफाई मन्त्री बनाउनेदेखि प्रहरी महानिरीक्षक पदमा भएको जगहँसाइ, विवादीत आशा लामा मात्र होइन, कतारका लागि राजदूत प्रस्तावित रमेश कोइरालाको नियुक्तिलाई पनि आरजुसँगै जोडेर हेर्ने गरिन्छ । आफूलाई देउवा निकट बताउनेहरु पनि आफूभन्दा भित्री घेरामा देउवाका ससुराली खलक रहेको अनौपचारिक कुराकानीमा स्वीकार्छन् । यो लगभग ओपन सिक्रेट हो कि आरजुका भाई भूषण राणा, ठूलो बुवाका छोराहरु प्रदीप राणा तथा प्रमोद राणाले आकर्षक नियुक्ति देखि सरुवा बढुवा र व्यापारिक डिलहरुमा रुचि राख्छन् । राणााहरुको यो समूहका लागि आर्थिक मुहानको खोज गर्नेदेखि प्रारम्भिक कुराकानी अघि बढाउने काममा तारा सापकोटा सक्रिय छन् ।

संविधान सभाको आठवर्षे कार्यकालमा कुनै प्रभावी भूमिका निर्वाह गर्न नसके पनि महासमिति सदस्य तथा समाुनपातिक सभासद आरजु र लन्डनमा राजनीतिशास्त्र पढिरहेका छोरा जयवीर दुवैलाई कांग्रेस राजनीतिमा आफ्नो उत्तराधिकारी बनाउनबाट दृेउवालार्य रौक्न कांग्रेसमा आगामी दिनमा महाभारत हुनेछ । –नेपाल साप्ताहिकबाट

विशेष