सीके राउतलाई ठाँउ दिने कांग्रेस, एमाले र माओवादी नै हुन् : राजेन्द्र महतो
फागुन २२ । सीके राउत जस्ता अतिवादीले टाउको उठाउनुको कारण पनि प्रमुख दलहरु नै हुन् ।
यसको जिम्मा काँग्रेस, एमाले र माओवादीले लिनुपर्छ । हामीले उठाएका अधिकारका सवालहरु भनेको यो मुलुकका सबै जनताप्रति समानताको व्यवहार होस् । कुनै वर्ग क्षेत्र, समुदाय, जाति, समुदायप्रति विभेद नहोस् । सम्पूर्ण नेपाली जनता नेपाली भएर बाँचून भन्ने हो । त्यो अनुसार संवैधानिक व्यवस्था होस्, हामीले उठाएको अधिकार प्राप्तीको आन्दोलनबाट अविश्वास जनतालाई भएको अवस्थामा अतिवादी लाइन माथि उठ्छ ।
हामी कमजोर र असफल हुनुको अर्थ त्यो धार बलियो हुने हो । हाम्रो धार बलियो पार्न त हामीले उठाएका मुद्दालाई सम्मबोधन भएन भने हामी असफल हुन्छौं । अतिवादीलाई बलियो हुन नदिन राज्यको भूमिका महत्वपूर्ण हुन्छ । तीन पार्टी मिलेर यो काम गर्नु पर्छ । हामी असफल हुँदा विखण्डनकारीले मुन्टो उठाँउछन् । यस्ता धारलाई हामी कदापी समर्थन गर्न सक्दैनौं ।
कारोबारबाट
Rajendra Mahato