राजनीति

प्रजातन्त्रवादी प्राध्यापक संघकाे अध्यक्षमा जगत तिमिल्सिना

प्रजातन्त्रवादी प्राध्यापक संघकाे अध्यक्षमा जगत तिमिल्सिना

फागुन २२ । नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघको अध्यक्षमा जगत तिमिल्सिना विजयी भएका छन् ।

काठमाडौंमा भएको महाधिवेशनमा तिमिल्सिनाले ६ सय ८९ मत ल्याएर निर्वाचित भएका हुन । उनको प्रतिस्पर्धी प्रकाशमान प्रधानले २ सय ६७ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा पृथ्वीविक्रम राई, उपाध्यक्षहरुमा प्रदेश नम्बर १ बाट शैलेन्द्र शिवाकोटी, २ बाट डा. अनिल यादव, ३ बाट विष्णुप्रसाद गौतम, ४ बाट कमल सापकोटा, ५ बाट टंक भट्टराई, ६ बाट प्रेम थापा, ७ बाट जगन्नाथ जोशी र उपत्यका उपाध्यक्षमा कृष्णकान्त पराजुली निर्वाचित भएका छन् ।

त्यसैगरी महासचिवमा राजेन्द्र गौतम, सचिवमा जनकरत्न मल्ल र विष्णुप्रसाद पोखरेल तथा कोषाध्यक्षमा सविना श्रेष्ठ विजयी भएका छन् ।

संघको ३९ सदस्यीय कार्यसमिति रहे पनि ६ जना मनोनित हुने भएकाले ३३ जनाका लागि शनिबार निर्वाचन भएको थियो । निर्वाचनमा करिब १ हजार २ सय प्रतिनिधि सहभागी थिए ।

Jagat Timalsina

विशेष