राजनीति

आयोगले पत्राचार गरेपछि बाँँकी क्याम्पसमा तत्काल स्ववियु चुनाव नहुने

आयोगले पत्राचार गरेपछि बाँँकी क्याम्पसमा तत्काल स्ववियु चुनाव नहुने
फागुन–२२ । विभिन्न क्याम्पसहरुमा फागुन १८ गते रोकिएका स्ववियु चुनाव तत्काल नहुने भएको छ । निर्वाचन आयोगले निर्धारित बाहेक अन्य चुनाव नगराउन सरकारलाई पत्राचार गरेपछि बाँकी क्याम्पसहरुमा तत्काल स्ववियु चुनाव नहुने भएको हो । निर्वाचन आचारसंहिता र स्थानीय तह निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न, गराउनका लागि निर्वाचन आयोगले ‘विश्व विद्यालय, विद्यालय व्यवस्थापन समिति, नेपाल सरकारको स्वमित्वमा रहेको पेशगत संघसंगठनहरुको पूर्व निर्धा्रित कार्यतालिका बाहेका नगर्न नगराउन नेपाल सरकारलाई निर्देशन दिने’ नीतिगत निर्णय गरेपछि बाँकी क्याम्पसहरुको स्ववियु चुनाव प्रभावित भएको हो । त्रिभुवन विश्वविद्यालयले १८ फागुनमा स्ववियु चुनाव गर्ने कार्यतालिका बनाएको थियो । सो अनुसार देशभरका करिव दुई सय पचास भन्दा बढी क्याम्पसमा स्ववियु चुनाव भए भने बाँकी क्याम्पसमा विद्यार्थी संगठनको तालाबन्दी र विरोधका कारण चुनाव हुन सकेन । त्रिविले तोकेको समयावधिमा चुनाव हुन नसकेको रत्न राज्यलक्ष्मी क्याम्पसमा २३ फागुनमा चुनाव गर्ने तयारी स्वरुप सिलबन्दी गरिएको थियो । तर आयोगको पत्राचारपछि चुनावमा अन्योल छाएको छ ।

निर्वाचन आयोग स्ववियु चुनाव

विशेष