राजनीति

भेरी ज्ञानोदय क्याम्पसमा साेमबार हुने स्ववियु निर्वाचनको तयारी पुरा

भेरी ज्ञानोदय क्याम्पसमा साेमबार हुने स्ववियु निर्वाचनको तयारी पुरा
फागुन–२२ । जाजरकोट जिल्ला सदरमुकाम खलंगामा रहेको भेरी ज्ञानोदय क्याम्पसको सोमबार हुन लागि रहेको स्ववियु निर्वाचनको सम्पुर्ण तयारी पुरा भैसकेको क्याम्पसले जनाएको छ । निर्वाचन सुरु हुनु केहि घण्टा मात्र बाँकी रहेको अवस्थामा भेरी ज्ञानोदय क्याम्पसले तयारी पुरा भैसकेको जानकारी दिएको हो । क्याम्पसको सोमबार हुन लागि रहेको छैटौं स्ववियु निर्वाचनमा ५ वटा विद्यार्थी संगठनले भाग लिन लागि रहेको निमित्त क्याम्पस प्रमुख चन्द्रबहादुर वुढाले जानकारी दिए । निर्वाचनमा भाग लिन लागिरहेका विद्यार्थी संगठनहरुमा नेपाली कांग्रेस निकट नेविसंघ, नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियन र नेपाल कम्युष्टि पार्टी निकट अखिल (क्रान्तिकारी) रहेका छन निमित्त क्याम्पस प्रमुख वुढाले भने । स्ववियु निर्वाचनमा ५ वटा विद्यार्थी संगठनले भाग लिए पनि दुई वटा प्यानल वनाएर विद्यार्थीहरु चुनावी मैदान उत्रीएको स्ववियु निर्वाचन मण्डलका संयोजक बैकुण्ट शर्माले जानकारी दिए । प्रगतिशित प्यानलमा नेविसंघ, नयाँ शक्ति विद्यार्थी युनियन र नेपाल कम्युष्टि पार्टी निकट अखिल (क्रान्तिकारी) रहेका छन् भने, बामपन्थी प्यानलमा अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) रहेका छन् । सोमबार विहान ८ बजे देखि सुरु गरिने स्ववियु निर्वाचन वेलुका ५ वजे सम्म मतदान गर्न पाउने ब्यबस्था गरिएको निर्वाचन मण्डलका संयोजक शर्माले जानकारी दिए । संयोजक शर्माले दिएको जानकारी अनुसार गत माघ १४ गते भन्दा पहिला क्याम्पसमा भर्ना भएका विद्यार्थीहरुले मात्र मतदान गर्न पाउने कानुनी व्यबस्था गरिएको छ । १ सय ४६ जना मतदाताले मात्र मतदान गर्न पाउने संयोजक शर्माले जानकारी दिए । २०४३ सालमा स्थापना भएको भेरी ज्ञानोदय क्याम्पसको संस्थापक स्ववियु सभापति शक्तिबहादुर बस्नेत हुन भने, दोश्रो कार्यकालका सभापति लिलाबहादुर शाह हुन् । त्यसैगरि तेश्रो कार्यकालका सभापति ईन्द्रलाल आचार्य हुन भने, चौथो कार्यकालका सभापति जनक केसी हुन् । पाँचौ कार्यकालका सभापति खड्क बिसी हुन भने, छैटौं कार्यकालका लागि भोली सोमवार निर्वाचन हुने भएको छ । स्थानिय तहको निर्वाचन पुर्वसन्ध्यामा हुन लागि रहेको स्ववियु निर्वाचनलाई जिल्लामा क्रियाशिल राजनैतिक दलहरुले दलिय प्रतिष्ठासंग जोडेका छन् । आज दिनभर भोलि हुने निर्वाचनमा आफ्नो पक्षमा मत तान्नका लागि विद्यार्थीहरुले नारा जुलुस सहितको जिल्ला सदरमुकामका विभिन्न ठाउँमा कोण सभा गरेका थिए भने्, विद्यार्थी जुलुसको पछि–पछि दलका नेताहरु पनि सहभागि भएका थिए । –दीपबहादुर घर्ती

जाजरकोट स्ववियु निर्वाचन

विशेष