राजनीति

मधेसी मोर्चाले अवरोध गर्दा पनि एमालेले सुनसरीमा सभा गर्‍यो

मधेसी मोर्चाले अवरोध गर्दा पनि एमालेले सुनसरीमा सभा गर्‍यो

फागुन २३ । नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत सुनसरीको इनरूवामा मोर्चाको बिरोधका बीन सभा सम्पन्न भएको छ । सभामा एमाले नेता लालबाबु पण्डीत, भगवती चौधरीलगायतले बोलेका थिए ।

कार्यक्रममा लालबाबु पण्डीतले भने, ‘ नेपालमा सबैभन्दा बढी दुई नम्बर प्रदेशका युवा विदेश गएका छन् । उनीहरु पहिचान होइन सामथ्र्य खोज्न गएका हुन् । ’

पण्डीतले संविधान च्यात्ने जलाउनेलाई नछाडिने बताए । उनले मधेसी मोर्चालाई संकेत गर्दै भने, ‘यो बुद्धको देश हो यहा आतंक फैल्याउन पाइँदैन । ’ संविधानले सबैलाई समेटेको भन्दै एमाले नेतृ भगवती चौधरीले संविधानमा सबैका हक कार्यान्वयन भएको दाबी गरिन्। ‘म पनि मधेसकै छोरी–बुहारी हुँ, संविधानले सबैलाई समेटेको छ अब संविधान कार्यान्वयनको व्यवस्था गर्नुपर्छ,’ उनले भनिन्।

कालो झण्डासहित उपस्थित भएका मोर्चाका कार्यकर्ताहरुले केपी ओलीविरुद्ध नाराबाजी गरेका थिए । यसैबीच सद्भावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र चौधरीका अनुसार सप्तरीको कार्यक्रम स्थलसम्म एमाले कार्यकर्ता जान सकेका छैनन ्। कार्यक्रम स्थलमा सुरक्षा निकायबाहेक अरू कोही नगएको भन्दै उनलै आफूहरूले सबैतिर अवरोध गरेको बताए ।

विशेष