सप्तरीमा सुरु भयो एमालेको सभा, झडपको खतरा, व्यापक सुरक्षाकर्मी परिचालन

फागुन - २३ । मेची–महाकाली अभियानअन्तर्गत नेकपा एमालेले सप्तरीमा सभा सुरु गरेको छ । एमालेले सप्तरीको गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा सभा सुरु भएको हो ।
कार्यक्रमस्थलमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, माधव कुमार नेपाल, झलनाथ खनाललगायतका नेता आइपुगको छन् । सभास्थलमा तीनरचार हजार एमाले कार्यकर्ता र शुभचिन्तक भेला भएका छन् । मधेसी मोर्चाको अवरोध छिचोल्दै एमाले कार्यकर्ता सभास्थल पुगेका हुन् ।
कार्यक्रमस्थल नजिक गहुँबारीमा मोर्चाका कार्यकर्ताले कालोझण्डासहित नारावागी गरि विरोध जनाएका छन् । बाटोको छेउ र खेतमा बसेका मोर्चाका कार्यकर्ता एमाले नेता कार्यकर्ता सवार गाडी लक्षित गरी ढुंगा र गुलेलीले प्रहारसमेत गरेका थिए ।
झडप हुने खतरा औँल्याउँदै कार्यक्रम स्थल वरपर व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मेची– महाकाली अभियान